काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिकाका दुई नाका नजिकैका मुख्य बजारहरुमा सि.सि.टि.भि. क्यामरा जडान कार्य सम्पन्न भएको छ । बजार व्यवस्थापन तथा सुरक्षालाई केन्द्रित गरि जडान गरिएको सिसिटिभिको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख अतिथ्यतामा उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा बजार व्यवस्थापन र सुरक्षाको महत्व व्यक्त गर्दै आगामी दिनहरुमा सुरक्षाको लागि थप अपनाउन सक्ने आयोजनाको बारेमा प्रष्ट पारिएको थियो । यस्तै क्यामरा जडान हुनुमा समाजलाई हुने फाईदाहरुको बारेमा अध्यक्ष गुरुङले विचार प्रकट गरेका थिए ।
हालको लागि बेसीशहर नगरपालिका जाने मुख्यद्वार, खुदी बजार नजिकैको स्थलहरुलाई र उत्तरी भेग मनाङ जिल्ला जाने मुख्य नाकामा रहेको जगत वजारलाई केन्द्रित गर्दै खुदीमा १० वटा र जगतमा ४ वटा क्यामरा जडान गरिएको छ भने निगरानीको लागी दुवै ठाउँमा रहेको सुरक्षा निकायलाई अधिकार दिइएको छ ।