काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरिएको छ ।
हाल १२५ प्रतिशत रहेको जोखिम भारलाई घटाएर १०० प्रतिशतमा झारिएको हो । यसअघि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा जोखिम भार घटाईसकिएको थियो । यो निर्णयले बैंक तथा वित्तीय संस्थाको पूँजीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।