लमजुङ । नेकपा (बहुमत) जिल्ला संगठन समिति लमजुङले आइतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका लमजुङ संयोजक डिपी अधिकारीले प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पार्टीले देशव्यापी प्रशासनमा ज्ञापन पत्र बुझाउने योजना अनुसार ज्ञापनपत्र बुझाएको संयोजक अधिकारीले बताए । यस्तै पार्टीले प्रजिअ पुरीलाई छुट्टै ४४ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीले लघुवित्त तथा अन्य बैंकवित्तले गरेका उत्पिडनबारेमा आन्दोलन गर्ने समेत संयोजक अधिकारीले बताए ।