लमजुङ । प्रदेश अस्पताल बेसीशहरमा नयाँ सेवा विस्तार गरिएको छ । स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले अस्पतालमा विभिन्न नयाँ विशेषज्ञ सेवा सुरु गरिएको हो।
नयाँ रूपमा सुरु भएका सेवाहरूमा निम्न विशेषज्ञ उपचार सेवा समावेश छन्:
छाला रोग (Dermatology) – डा. रविन गोसाई
प्याथोलोजी (Pathology) – डा. सुशिल अधिकारी
ओरल तथा म्यक्सोफेसियल सर्जरी – डा. श्रृष्टि महर्जन
अर्थोपेडिक सर्जरी – डा. होम बहादुर गुरुङ, डा. कुल्दिप खत्री सापकोटा
बालरोग (Pediatrics) – डा. तिलक गौतम
एनेस्थेसियोलोजी (Anesthesiology) – डा. तृप्ती देवकोटा
स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध हुनुले लमजुङ र आसपासका जिल्लावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिएको छ ।