काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा साउन ८ र ९ गते नि:शुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँघरमै सहज रूपमा दन्त सेवा उपलब्ध गराउने उदेश्यले आयोजना गरिने सो शिविरमा दाँतको सामान्य जाँच, सिमेन्ट भर्ने, दाँत उखेल्ने र निशुल्क औषधि वितरण गरिनेछ।
दोर्दी गाउँपालिका र ओम समाज डेण्टल काठमाडौँको प्राविधिक सहयोगमा नौथर सामुदायिक स्वास्थ्य इकाइको प्राङ्गणमा आयोजना हुने शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एसोसिएसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सले सहयोग गरेका छन्।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीका सचिव प्रेमबहादुर गुरुङका अनुसार, शिविरमा सेवा लिने विरामीलाई थप उपचारको आवश्यकता परेमा काठमाडौँस्थित ओम समाज डेण्टल हस्पिटलबाट २० प्रतिशत सहुलियतमा सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।