काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरिएको छ। मदन पुरस्कार गुठीले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०८१ सालका लागि प्राप्त २९९ पुस्तकमध्येबाट उत्कृष्ट सात कृति छनोट गरिएको जानकारी दिएको हो।
गुठीका अनुसार उत्कृष्ट सूचीमा परेका पुस्तकहरू निम्नानुसार छन्:
‘उरमाल’ – छुदेन काविमो
‘छालबाटो : कैलाशदेखि गंगासम्म’ – रमेश भुसाल
‘दर्ज्यु संलाप’ – कुमारी लामा
‘पञ्चतत्वको पालाम’ – मनप्रसाद सुब्बा
‘बहुरुपी’ – श्रेयज सुवेदी
‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत)’ – सुधीर शर्मा
‘हिउँको गीत’ – तीर्थ गुरुङ
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यी सातमध्ये एक उत्कृष्ट कृति मदन पुरस्कार २०८१ का लागि छनोट गरिनेछ।
मदन पुरस्कार नेपाली भाषा–साहित्यको क्षेत्रमा दिइने सर्वाधिक प्रतिष्ठित पुरस्कारमध्ये एक हो, जसले हरेक वर्ष विशिष्ट योगदान पुर्याउने एक कृतिलाई सम्मानित गर्दछ।