लमजुङ । गण्डकी प्रदेश सरकारले लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनी कल्चेबेसी र दोर्दी गाउँपालिका–८ हिलेबजारलाई जोड्ने दोर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पुल निर्माणका लागि बजेट विनियोजन गराउनेमा सक्रिय भूमिका निर्वाह गरेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङले सोमबार निर्माण स्थलको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री गुरुङले स्थानीयवासीहरूसँग भेटघाट गर्दै पुल निर्माणपछि सो क्षेत्रका बासिन्दाको आवतजावत तथा जनजीविका सहज हुने बताए ।
“यो पुलले स्थानीयको दैनिकीमा सहजता ल्याउनुका साथै समग्र दोर्दी क्षेत्रको भौतिक पूर्वाधारमा ठूलो योगदान दिनेछ,” मन्त्री गुरुङले भने । स्थानीयस्तरमै उत्पादन हुने कृषि उपज बजारसम्म पु¥याउन सहज हुने जनाउँदै उनले समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।