काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली र आकाशभरि बादल रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति लुम्बिनी प्रदेशलगायत देशको पहाडमा साधारणतया बदली रही बाँकी तराईमा आंशिक बदली रहनेछ।
लुम्बिनी प्रदेशलगायत देशका पहाड क्षेत्रका थोरै स्थान तथा तराईका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ।