काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश दिएको हो।
उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। अदालतको आदेशअनुसार अब उनले पुर्पक्ष अवधिसम्म कारागारमै रहनुपर्नेछ।