काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापालाई बिदाइ गरिएको छ। आजदेखि सेवानिवृत्त भएका आइजीपी थापालाई गृह मन्त्रालयले बिदाइ गरेको हो। मन्त्रालयमा बुधबार आयोजित एक समारोहमा गृहमन्त्री रमेश लेखकले पुष्पगुच्छासहित आइजीपी थापालाई बिदाइ गरेका थिए।
त्यस्तै कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी र सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले पनि बिदाइ गरेका थिए। सरकारले यसअघि नै प्रहरीको महानिरीक्षकमा चन्द्र कुवेर खापुङलाई नियुक्त गरिसकेको छ।
खापुङ नेपाल प्रहरीको ३२ औं आइजीपी नियुक्त भएका हुन्। हालका आइजीपी दिपक थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आइजीपी नियुक्त गरेको हो। तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।