काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा जेन–जीद्वारा सञ्चालन गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।
नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत घाइते प्रदर्शनकारीको मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, मृत्यु भएकामध्ये परिचय खुल्न बाँकी छ भने ७०–८० जना घाइते अझै उपचाररत छन्।
घटनाको थप विवरण र मृतकको परिचय सार्वजनिक हुन बाँकी रहेको अस्पतालले जनाएको छ। प्रदर्शन र प्रहरीबीचको तनाव जारी रहेको छ, र घटनाको व्यापक प्रभावका बारेमा विस्तृत विवरण आउन बाँकी छ।