काठमाडौं । राजधानीमा जारी जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पाँच जनाको मृत्यु भएको छ। यस्तै, सिभिल अस्पतालमा दुई जनाले ज्यान गुमाएका छन् भने एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली पुगेको स्रोतले जानकारी दिएको छ।
प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गरेपछि घाइते र मृतकको संख्या बढ्दै गएको छ।