काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ५० हजार नजिक पुगेको छ। अघिल्लो दिन मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुनको मूल्य आज २ लाख ४८ हजार ९०० कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो।
यसदिन चाँदीको भाउ भने घटेको छ। बुधबार प्रतितोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ कायम भएको छ। मंगलबार सोही परिमाणको चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।