काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा पदाधिकारीतर्फ सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन्।
बिहीबार सम्पन्न मत गणनाअनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन्। उनी उपाध्यक्षमा निर्वाचित हुँदा एक हजार ७३७ मत पाएका हुन्।

