काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन्।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने।
उनले भोलि (शुक्रबार) का लागि आयोगले बोलाएको तर आफू सोमबारमात्रै जाने बताए। ‘उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ। मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु,’ लेखकले भने।

