काठमाडौं । सरकारले सात जना सचिवलाई सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम मन्त्रालयदेखि गृह सचिवलाई समेत सरुवा गरेको हो।
जसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। सोही स्थानमा रहेका सचिव दीपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएको छ।
गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिँदा गृह सचिवको जिम्मेवारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ आइपुगेका छन्।
यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साल राष्ट्रपतिको कार्यालयमा सरुवा हुँदा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेल सोही मन्त्रालयमा तानिएका छन्।
लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ।

