काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको छ।
आइतबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनका लागि पोखरेललाई उम्मेदवार बनाउने निर्णय गर्दै सर्वसम्मत रूपमा सिफारिस गरेको हो।
बैठकले काठमाडौँ–५ का लागि पोखरेल उपयुक्त, अनुभवी र प्रभावशाली उम्मेदवार भएको निष्कर्ष निकालेको जनाइएको छ। काठमाडौँ–५ पोखरेलको नियमित निर्वाचन लड्दै आएको गृहक्षेत्र समेत हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुने कार्यतालिका रहेको छ।

