काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सप्तरी–२ मा राजनीतिक गतिविधि तीव्र बन्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सम्भावित उम्मेदवार ई. रामजी यादवलाई जनताले परिवर्तनको प्रतीक मान्दै अग्रपंक्तिमा राखेका छन् ।
आईआईटी मद्रासबाट मास्टर डिग्री गरेका यादव सामाजिक अभियन्ता र समुदायिक नेताका रूपमा लामो समयदेखि प्रत्यक्ष जनसम्पर्कमा छन् । गाउँ–टोलदेखि युवा भेलासम्म उनको नाम उत्साहका साथ गुञ्जिरहेको छ । युवापुस्ताको अपार समर्थनले उनलाई क्षेत्रको स्वाभाविक नेता बनाएको छ ।
विश्लेषकहरु भन्छन्,‘सप्तरी–२ बाट उठिरहेको जनआवाज केवल स्थानीय सीमामा सीमित छैन । यसले ‘बालेन साह प्रधानमन्त्री’ अभियानलाई निर्णायक ऊर्जा प्रदान गर्ने संकेत दिएको छ । यादवको उम्मेदवारीले क्षेत्रीय र राष्ट्रिय राजनीति दुवैमा नयाँ तरंग ल्याएको छ ।

