काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइयो। सहमतिको प्रयास जारी रहँदा पनि पार्टी भित्र गुटगत गतिविधि तीव्र बन्दै गएको समयमा भृकुटीमण्डपमा जारी बन्दसत्रले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले मंगलबार बसेको बैठकमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार
मध्याह्न १२:३० बजे पहिलो मतदाता नामावली प्रकाशित हुनेछ।
मतदाता नामावलीबारे दाबी–विरोध र छलफल साढे १ बजेसम्म सञ्चालन हुनेछ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ।
उम्मेदवारहरूको अन्तिम नामावली साँझ पौने ९ बजे सार्वजनिक हुनेछ।
निर्वाचन समितिको पुनर्गठन पनि भएको छ। यसअघि खम्बबहादुर खाती नेतृत्वको समिति भंग गरी केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो। निर्वाचन प्रक्रिया केन्द्रीय कार्यसमितिका लागि सञ्चालन हुनेछ।


