काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औंं वार्षिक साधारण सभा पौष २९ गते मंगलबार हेटाैंडामा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफावाट १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ।
वार्षिक प्रतिवेदन अनुसार २०५८ सालमा स्थापना भएको यस संस्थाले सो आर्थिक वर्षमा एक अर्व २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद मुनाफा आर्जन गरेको छ। त्यसैगरी यस वित्तीय संस्थाको चुक्ता पूँजी तीन अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ रुपैंयाबाट बृद्धि गरी तीन अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैंया ५० पैसा पुर्याउने निर्णयसमेत साधारण सभाले गरेको छ।
साधारण सभाले संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एकजना संचालकको निर्वाचनमा आगामी चारवर्षे कार्यकालको लागि प्रकाशराज विष्टलाई निर्विरोध निर्वाचित गरेको छ।

