काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
अध्यक्ष दाहालले मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोजी तथा उद्धार, प्रभावितलाई राहत, अस्थायी आवासको व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनालगायत विषयमा छलफल भएको थियो।
त्यसैगरी, राष्ट्रिय सभाका कामकारबाही, चालु अधिवेशनको प्रभावकारिता तथा नयाँ विधेयकहरूको अवस्थाका विषयमा समेत राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच छलफल भएको थियो।

