काठमाडौं । सिडिओका रूपमा कार्यरत कर्मचारीसहित ४४ जना उपसचिवको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको सरुवामा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
डोटीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत कल्पना घिमिरे नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। त्यस्तै, बाजुराका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको जिल्ला समन्वय समिति धनकुटामा सरुवा भएको छ।
नख्खु कारागारका जेलर दीर्घराज उपाध्यायलाई जिल्ला समन्वय समिति कार्यालय कैलालीमा जिम्मेवारी दिइएको छ।
त्यस्तै, उपसचिवहरू गंगाधर पौडेल, हरि पंगेनी, अमृत महर्जन, ज्योती केसी रावल, विष्णुराज बेल्वासे र सूर्यप्रसाद चापागाईको गृह मन्त्रालयमा सरुवा भएको छ।

