काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।
सुनको मूल्य घटेर प्रतितोला २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ।
सुनचाँदी दुवैको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्य उल्लेख्य रूपमा घटेको छ।

