काठमाडौं । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरुले अब अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरिएको जानकारी दिइन् ।