काठमाडौं । शान्तिबाटिकामा मिटरब्याज पीडितमाथि ‘बल प्रयोग’ भएको घटनाको छानबिनका लागि समिति बनाइएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए।
मिटरब्याज र ठगीविरुद्धको आन्दोलन गर्न काठमाडौं आइपुगेका पीडितमाथि प्रहरी सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा बल प्रयोग गरेको थियो। त्यसक्रममा केही पीडित घाइते समेत भएका थिए।
घटनाको विरोधमा उनीहरूले मंगलबार प्रदर्शन गरे। प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन्।