काठमडाौं । महोत्तरीमा हतियार देखाएर दिनदहाडै बैंक लुटिएको छ । दिउँसो करिब १२ः२० बजेको समयमा चार जनाको समूहमा आएको हतियारधारी समूहले महोत्तरी गाउँपालिका महोत्तरी बजारस्थित एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका अनुसार बैंकबाट करिब ३५ लाख लुटिएको बताए ।
उनले बैंक लुटेर फरार हतियारधारी समूहलाई पक्राउ गर्न सबैतिर प्रहरी खटाईसकेको बताए ।