Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएका सो क्रममा बताएका पौडेलको दाबी छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

Read More

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने…

Read More

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसियाका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले इन्दु वर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो।  यस प्रतियोगितामा पूजा महतो उपकप्तानका रूपमा रहने छिन्। त्यस्तै सबनम राई, मनीषा उपाध्याय, कविता कुँवर र रुबी पोडारले टिममा स्थान बनाएका छन्। नेपाली महिला टिममा इन्दु वर्मा (कप्तान),पूजा महत्त्व (उपकप्तान), रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोडार, रोमा थापा, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, मनीषा उपाध्याय र रिया शर्मा रहेका छन्।

Read More

काठमाडौं । सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सुधारका लागि १२ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुने गरी अस्पतालहरूमा कार्य सञ्चालन गर्न आदेश दिएको हो। ‘राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन समेत गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुने गरी संघस्तरमा विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय/स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै मानसिक स्वास्थ्य महाशाखा र प्रदेश स्तरमा स्वास्थ्य निर्देशनालय अन्तर्गत मानसिक स्वास्थ्य शाखा स्थापना तथा स्थानीय स्तरमा जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय इकाइ/सम्पर्क व्यक्तिहरू यथाशक्य चाँडो नियुक्ति गरी कार्यसञ्चालन गर्नू गराउनू…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रममा उनले राष्ट्रको आर्थिक अवस्था र बजेटले पुुनःनिर्माण भ्याउन नसक्ने भन्दै क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए। ‘हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भनेपनि राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, क्षमताले पुुनःनिर्माण भ्याउन सक्ने अवस्था होइन,’ उनले भने, ‘त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता छ। भत्किनजेल पर्खिने होइन।’ उनले राष्ट्रिय जोखिम न्यूनीकरण…

Read More

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा डाकेका छन्। मन्त्री पन्तले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा डाकेका हुन् । शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न भन्दै मन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाएका हुन्। ‘शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

Read More

काठमाडौं । संघीय संसद्अन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठकले वैशाखमा प्रतिनिधि सभाको बैठक बस्ने मिति तय गरेको छ । आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा वैशाखमा बस्ने बैठकको क्यालेण्डर पारित गरेको हो । क्यालेण्डर अनुसार वैशाखमा १० दिन प्रतिनिधि सभाको बैठक बस्नेछ । त्यस्तै १९ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । वैशाख २८ देखि ‘प्रि बजेट’ छलफल हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने छ ।

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ । एन्फाले ए डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत २५ गते नै निर्णय गरेको थियो । एएफसी क्लब च्याम्पियनशिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले जनाएको थियो । तर १४ वटा ए डिभिजन क्लबमध्ये चार टिमले मात्र नाम दर्ता गराएपछि प्रतियोगिता आयोजना गर्न नसकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । टिम दर्ता गर्ने समय बुधवारसम्म तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित सङ्कटा क्लबले मात्र…

Read More

काठमाडौं । सरकारले समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जाानकारी दिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७:३४ बजे रुकुमपूर्वको रन्मामैकोट केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू निरन्तर भइरहेका बेला आएको यो नयाँ धक्का हो । गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसयता जाजरकोट र वरपरका क्षेत्रमा समयसमयमा भूकम्पका पराकम्पहरू महसुस भइरहेका छन् । आज वैशाख १२ गते, ठीक १० वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको विनाशकारी भूकम्पको स्मृतिमा ‘भूकम्प स्मृति दिवस’ मनाइँदैछ । सन् २०१५ अप्रिल २५ मा गएको ७.६ म्याग्निच्युडको त्यो भूकम्पले करिब ८ हजार ९७९ जनाको ज्यान लिएको…

Read More