Author: हाम्राे हेडलाइन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैखालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन् । ‘सबैखालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेका बाबुको ठेगाना नभएको अथवा वेपत्ता भएको, अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? सबै नागरिकता जिल्लाले दिने आमाको नाममा नागरिकता चाहीं मन्त्रालयले दिने भन्ने हुन्न् । यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म प्रष्ट छु,’ उनले भने । उनले आमाको नामबाट सहजरुपमा नागरिकता दिन नियमावली नै…

Read More

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार बढेको सुन आज पनि स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको हो ।

Read More

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।

Read More

काठमाडौं । अल्टिमा लाइफस्टाइलले आफ्नो तेस्रो आउटलेट सञ्चालनमा ल्याएको अवसरमा नयाँ स्मार्टवाच अल्टिमा म्यागनम इ७०० सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारदेखि बानेश्वरमा आफ्नो तेस्रो आउटलेट सञ्चालनमा ल्याएको हो । यसै अवसरमा सार्वजनिक भएको नयाँ स्मार्टवाच म्यागनम इ७०० मोर्डन जीवनशैलीको लागि तयार भएको कम्पनीको दाबी छ । स्मार्टवाचमा ३६.३३ एमएम को टीआयू एमोलेड डिस्प्ले दिइएको छ । यसमा अटो हेल्ट ट्रयाकिङ, आईपी६८ वाटर रेसिस्टेन्ट, ब्लुटुथ ५.३ लगायतका फिचर उपलब्ध छन् । स्मार्टवाचमा ३९० एमएएचको ब्याट्री दिइएको छ जसले गर्दा सामान्य अवस्थामा ७ देखि ९ दिनसम्म र स्ट्यान्डबाइ अवस्थामा ३० दिनसम्म वाच मज्जाले चल्ने कम्पनीको दाबी छ । एक वर्षको वारेन्टी सहित…

Read More

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चीनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच व्यापार र विद्यार्थी भिसासम्बन्धी तनावका विषयमा छलफल भएको हो । अमेरिकाको अनुरोधमा भएको यो कुराकानीले दुई देशबीचको सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्, ‘मैले चिनियाँ राष्ट्रपति सीसँग निकै राम्रो कुराकानी सम्पन्न गरेँ, जहाँ हामीले व्यापार सम्झौताका केही जटिलताहरूबारे छलफल गर्‍याैँ । कुराकानी करिब डेढ घण्टा चल्यो र दुवै देशका लागि सकारात्मक निष्कर्ष निस्कियो ।’  उनले थपेका छन्, ‘उत्पादनहरूको जटिलताबारे अब कुनै प्रश्न रहने छैन । हाम्रा टोलीहरू चाँडै कुनै स्थानमा भेट…

Read More

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन् । बिहीबार अखिल फुटबल संघ (एन्फा)ले वाइल्डलाई टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबारै वाइल्डलाई नियुक्त पत्र हस्तान्तरण गरेका छन् । अब, वाइल्डले आसन्न एएफसी एसियन महिला कप छनोटबाट टोलीको जिम्मेवारी सम्हाल्नेछन् । छनोटमा नेपाल छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ । छनोटअन्तर्गत नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंका…

Read More

काठमाडौं । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो । ५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको…

Read More

काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्डमा समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको…

Read More

काठमाडौं । संघीय निजामति सेवाका कानुनी प्रावधानप्रति आपत्तिजनाउँदै धर्नामा बसेका कर्मचारीले पुनः देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। कर्मचारीमैत्री ऐन जारी गर्न मागसहित नेपाल निजामति कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरू अनसनमा बसेका हुन्। अनसन बसेको बिहीबार पाँचौँ दिन हुँदै छ। कर्मचारीहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नामा बस्दै आएका छन्। संगठनले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। संगठनले शुक्रबारसम्म धर्नामार्फत सांकेतिक आन्दोलन गर्ने र जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप फेरेर देशभर आन्दोलन गर्ने तयारी गरेको छ।

Read More