Author: हाम्राे हेडलाइन

काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २३.१९ अंकले बढेर २हजार ६५३ को विन्दुमा कायम भएको हो । बजारसँगै १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घटेको छ । एकको शेयर मूल्य स्थिर छ । समूहगत रुपमा आज अन्य समूहकाे मूल्य सबैभन्दा धेरै २.६३ प्रतिशत, हाइड्रोपावरकाे मूल्य २.३५ प्रतिशत, बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८ र निर्जीवन बीमा समूहको मूल्य ०.४४ प्रतिशतले बढेको छ । व्यापार समूहकाे मूल्य ०.४४ प्रतिशत, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन समूहको मूल्य ०.२५ प्रतिशतले घटेको छ…

Read More

काठमाडौं । नेपाली फिचर फिल्म एक्लोको अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स भिन्दै देखिएको छ। यस अघि प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइ सकेका छन्। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ । फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको…

Read More

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए । सोहीअनुसार सचिवस्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी…

Read More

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । पश्चिम खण्डतर्फ तीन किमि एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए । पश्चिम खण्डतर्फ १२ मध्ये १० पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले बताए ।  यो खण्डमा ४२४ विद्युत्…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यसैगरी,राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन् । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ । भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद बैठक नियमित कार्यसूचीमा प्रवेश समेत गर्न सकेको छैन…

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको रोमाञ्चक खेलमा नेपालले कीर्तिमानी प्रदर्शनका बाबजुद स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजय भोगेको छ। जितको लागि ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम बलसम्म संघर्ष गरे पनि जित निकाल्न सकेन। स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र ३२१ रन बनाउन सक्यो। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको हालसम्मकै सर्वाधिक रन हो। ऐतिहासिक लक्ष्य पछ्याउने क्रममा नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए। उपकप्तान दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि विस्फोटक साझेदारी गर्दै खेललाई नेपालको पक्षमा झुकाउने प्रयास गरे। यी दुईबीच १०५…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्लग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्याए । “हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ । प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ ”, अध्यक्ष ओलीले भने, “हामी…

Read More

काठमाडौं । देशभरका निजामती कर्मचारीहरूले संघीय निजामती सेवा ऐन जारी गर्न दबाब दिँदै आजदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को आह्वानमा विभिन्न राजनीतिक दलसँग आवद्ध कर्मचारी संगठनहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छन्। यस सञ्जालमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन्। अम्बादत्त भट्टको अध्यक्षतामा बसेको निर्देशक समितिको जेठ २० गतेको बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका राष्ट्रसेवक…

Read More

काठमाडौं । काठमाडौंस्थित तारागाउँ नेक्सट परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्टः आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ । कला र वातावरणीय चेतनाको संगमका रूपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीको ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन् । उनले विश्वव्यापी पारिस्थितिको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिइन् ।

Read More