Author: हाम्राे हेडलाइन

काठमाडौं । देशको विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार वैशाख मसान्तसम्म मुलुकसँग २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा हालसम्म विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको हो। वैशाख मसान्तसम्म अमेरिकी डलरमा सो सञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ, जुन अघिल्लो असारको तुलनामा २०.५ प्रतिशतले बढी हो। राष्ट्र बैंकको विवरणअनुसार कुल सञ्चिति रकममध्ये राष्ट्र बैंक आफैँसँग २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ बराबरको सञ्चिति छ भने बाँकी ३ खर्ब १ अर्ब ८३…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को १० महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले वैशाख मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । विवरणअनुसार समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । शोधनान्तर स्थिति रु.४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले…

Read More

काठमाडौं । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ । पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म १३५ जनाले सुविधा लिएका छन् । नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछी मलामीसहितको शववाहन उक्त घरमा पु¥याउने गरिएको छ । संस्कार गरिसकेपछि पुनःमलामीलाई घर छाडेर फर्कने व्यवस्था गरिएको छ । यो सेवा मृतकको अन्त्येष्टि प्रक्रियालाई व्यवस्थित, सहज र सम्मानजनक बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै शववाहनमा मलामीका लागि बसलगायत आवश्यक…

Read More

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई  गरेको छ । उनीहरूमाथि ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।  पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा र मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरस्थित नरेफाँटबाट उनीहरूलाई आइतबार पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार आवश्यक अनुसन्धानपछि उनीहरुलाई सार्वजनिक गरेको हो ।  अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको बताए ।…

Read More

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको छ । चालु आवको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो १० महिनामा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो…

Read More

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको…

Read More

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायर भएपछि उनको पद निलम्बनमा परेको हो। यसबारेको जानकारी सोमबार (आज) सभामुख भीमबहादुर भण्डारीले दिए। सोडारीलाई पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलिरहेको छ। उनी नेकपा (एकीकृत समाजवादी) का सदस्य हुन् र २०७९ मा कैलालीबाट निर्वाचित भएका थिए। अख्तियारबाट प्राप्त पत्रअनुसार सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको सभामुख भण्डारीले बताएका छन्। सोडारीलाई पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर…

Read More

काठमाडौं । लमजुङ प्रदेश अस्पतालले दिएको औषधिका कारण एक बिरामीको ‘स्वास्थ्य अवस्था गम्भीर’ बनेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा अस्पतालले उपचारमा कुनै त्रुटि नभएको, र बिरामीमा अत्यन्तै दुर्लभ ‘साइड इफेक्ट’ देखिएको स्पष्टीकरण दिएको छ। पोर्चुगलमा रहेकी निर्मला श्रीले आफ्ना बुवा बेसीशहर-८ का दिलबहादुर दमाईलाई अस्पतालले कोलेस्ट्रोलको गलत औषधि दिएका कारण अनुहार र स‌ंवेदनशील अङ्गमा गम्भीर असर परेको दाबीसहित भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोमा दिलबहादुरको शरीरभरि कालो धब्बाजस्ता दागहरू र फोका देख्न सकिन्छ। निर्मलाले आफन्तको सहयोगमा प्राप्त भिडियो सामाजिक सञ्जालमा राखेपछि अस्पताल प्रति तीव्र आलोचना भइरहेको छ। यस विषयमा अस्पतालले बिरामीलाई गलत औषधि नभई, दिइएको औषधिको ‘साइड इफेक्ट’ …

Read More

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेएको छ । गृहमन्त्री रमेश लेखकले विश्वास गरेका सचिव दुवाडीलाई प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोध्नु अर्थपूर्ण मानिन्छ । दुवाडी भिजिट भिसामा विदेश जाने नेपालीहरुबाट त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट हुँदै आएको अशुलमा समेत कनेक्सन जोडिएको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै स्पष्टीकरण सोधिएको हो । हाल विदेश भ्रमणमा रहेको मौका छोडेर उनलाई स्पष्टीकरण सोधिएबाट गृहमन्त्री लेखक थप नैतिक संकटमा पर्ने देखिएको छ ।

Read More

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उनको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् । गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी…

Read More