Author: हाम्राे हेडलाइन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले उनीहरूमाथि ३३ करोड बिगो मागदाबी गरेको छ । यस प्रकरणमा अख्तियारले पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि बयान लिएको थियो ।

Read More

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक-पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए । प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले…

Read More

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेरप्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं । नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द गरिने भएको छ। नागढुङ्गा-मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो। सूचना अनुसार, उक्त अवधिमा हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइनेछ। यो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने व्यवस्था मिलाइएको छ। सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने…

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेलाई बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेश हुनेछ। यसैगरी उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। आर्थिक वर्ष९ २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध जनाएपछि…

Read More

काठमाडौं । आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ। सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाली टोली तेस्रो जितको खोजीमा छ। पहिलो खेलमा घरेलु टोलीमाथि १ विकेटको फराकिलो जित निकालेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ। सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी रहँदा १ विकेटले हराएको थियो। उता सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएको स्कटल्यान्ड नेपालसँग पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ।

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले साढे २५ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव, तत्कालीन सबइन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ छन् । यस्तै, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति…

Read More

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भएको भीषण आगलागीले बजार क्षेत्र पूर्णरूपमा ध्वस्त भएको छ। ग्यास सिलिन्डर विस्फोट भएर सुरु भएको आगोले करिब ४० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दिउँसो करिब साढे ३ बजेतिर नवदुर्गा होटलमा रहेको ग्यास सिलिन्डर पड्किएपछि आगलागी सुरु भएको थियो। आगो तीव्र गतिमा फैलिँदा बजारमा रहेका टहरा शैलीका पसलहरू एकैपटक जलेका हुन्। बजारमा करिब १२० भन्दा बढी पसलहरू रहेको जनाइएको छ। स्थानीय व्यवसायी रामबहादुर ऐडीका अनुसार उनले सञ्चालन गर्दै आएको खाद्यान्न पसल एकैछिनमा खरानी भयो। ‘पसलको काउन्टरमा बिल काट्दै थिएँ, एक्कासी आगोको मुस्लो देखियो। आँखा अगाडि नै पसल जले।…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारवाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन्। शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको समेत बताएका छन्। सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उनको भनाइ छ। त्यस्तै उहाले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए। यस बिषयमा बिपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उनले बताए। मन्त्री…

Read More

काठमाडौं । प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ। शुक्रबार बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको छ । बिहीबार कांग्रेसका नेताहरूसँग यसबारे भएको छलफलबारे पार्टी उपसभापति डा स्वर्णिम वाग्लेले ब्रिफिङ गरेका थिए । नेपालीहरू भिजिट भिसाको नाममा बेचिएको भन्दै यसबारे समग्र छानबिन समितिको पक्षमा विपक्षी दलको मत रहेको छ । यसैबीच प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका…

Read More