Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण…
काठमाडौं । नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार…
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
Author: हाम्राे हेडलाइन
काठमाडौं । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात…
काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यातायात व्यवसायीहरुले विभिन्न माग राखेर आज काठमाडौं उपत्यकासहित विभिन्न स्थानहरुमा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी मापदण्डको विरोधमा व्यवसायीहरुले आज अनिश्चितकालका लागि सार्वजनिक यातायात बन्दको घोषणा गरेका हुन् । जसका कारण धेरै यात्रुहरु मारमा परेका छन् । यात्रुहरुको सुविधाका लागि नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो । प्रहरीका अनुसार रुट नं १ अन्तर्गत बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ हुँदै नयाँ बसपार्कसम्म रहेको छ ।…
काठमाडौं । आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए । काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस…
काठमाडौं । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो। ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकोमा उनीहरू वार्तामा आएका थिएनन्। यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकिएको विज्ञप्तिमार्फत मन्त्रालयले जनाएको छ। यता, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सहुलियतमा, सहज सेवा दिन, थप रोजगारीको वातावरण सिर्जना गर्न र यातायातको सिण्डिकेट तोड्न केही नयाँ गर्न खोज्दा उल्टै…
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । कास्की, धनुषा, बर्दिया र पाँचथरमा नयाँ सिडिओ खटाइएको छ । सहसचिव रुद्रादेवी शर्मालाई कास्कीमा सिडिओको जिम्मेवारी दिइएको छ। उनी बर्दियामा कार्यरत थिइन्। कास्कीका सिडिओ भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै, बर्दियामा सहसचिव सुरेन्द्र पौडेललाई सिडिओ बनाइएको छ । उनी मन्त्रालयमा कार्यरत थिए। धनुषामा सहसचिव शंकरहरी आचार्यको सरुवा भएको छ । उनी मन्त्रालयमा जिम्मेवारीविहिन थिए। धनुषामा कार्यरत राजुराम कडरियालाइृ मन्त्रालय तानिएको छ । त्यस्तै, पाँचथरमा अरुण पोखरेललाई सिडिओ बनाइएको छ । पाँचथरका सिडिओ विष्णु कोइरालालाई अध्यागमन प्रमुखमा खटाएयता पाँथचरमा सिडिओ पद रिक्त थियो । अध्यागमन प्रमुख…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठुलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकै पटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् । यसरी ६४ वटा महत्त्वपूर्ण तथा ठुला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रूपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ…
काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको राजवादी आन्दोलनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्साल नारायणचौरमा राजावादीहरुको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा कमल थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना रहेका छन् । बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले राजतन्त्र पुनस्थापनाको मागसहित प्रदर्शन सुरु गरेको थियो । अन्य दिनको आन्दोलन शान्तपूर्ण भए पनि आज भने आन्दोलन भड्किएको हो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको हो । राजावादी समूहले आइतबार काठमाडौंको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो । प्रहरी घेरा तोडेर बालुवाटारतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलन गरिरहेका छन् ।
काठमाडौं । निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिनेगरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सवारी ऐन विपरीत संघीय सरकारसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरदेखि बिजुलीबजारसम्म कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका लागि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको छ। उनीहरूले गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सवारी ऐन २०४९ को विपरीत गण्डकी प्रदेश सरकारले राइड…
काठमाडौं । २ अर्ब ५० करोडभन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बलहियाबाट पक्राउ गरेको हो। सल्यान घर भएका राय हाल बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए। हिजो (शनिबार) पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्तासमेत रहेका डीएसपी युवराज खड्काले जानकारी दिए। करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित