काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको राजवादी आन्दोलनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्साल नारायणचौरमा राजावादीहरुको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा कमल थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना रहेका छन् ।
बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले राजतन्त्र पुनस्थापनाको मागसहित प्रदर्शन सुरु गरेको थियो । अन्य दिनको आन्दोलन शान्तपूर्ण भए पनि आज भने आन्दोलन भड्किएको हो ।