काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । कास्की, धनुषा, बर्दिया र पाँचथरमा नयाँ सिडिओ खटाइएको छ । सहसचिव रुद्रादेवी शर्मालाई कास्कीमा सिडिओको जिम्मेवारी दिइएको छ। उनी बर्दियामा कार्यरत थिइन्। कास्कीका सिडिओ भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै, बर्दियामा सहसचिव सुरेन्द्र पौडेललाई सिडिओ बनाइएको छ । उनी मन्त्रालयमा कार्यरत थिए।
धनुषामा सहसचिव शंकरहरी आचार्यको सरुवा भएको छ । उनी मन्त्रालयमा जिम्मेवारीविहिन थिए। धनुषामा कार्यरत राजुराम कडरियालाइृ मन्त्रालय तानिएको छ ।
त्यस्तै, पाँचथरमा अरुण पोखरेललाई सिडिओ बनाइएको छ । पाँचथरका सिडिओ विष्णु कोइरालालाई अध्यागमन प्रमुखमा खटाएयता पाँथचरमा सिडिओ पद रिक्त थियो ।
अध्यागमन प्रमुख रहेका तिर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको थाहा पाएपछि गत ७ जेठमा उनलाई हटाएर भट्टराईलाई जिम्मेवारी दिइएको थियो। सरुवा भएलगत्तै अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो।