Author: हाम्राे हेडलाइन

काठमाडौं । नेकपा (एमाले) का सांसदले सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन सरकारलाई सुझाव दिएका छन्। एमाले सांसद भीम आचार्यले आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले बजेट बनाउँदा ध्यान दिनुपर्ने सुझाव दिएका हुन्। आचार्यले भने, ‘सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउने, दोहोरो सुविधा बन्द गर्ने र त्यसलाई क्रमशः योगदानमा आधारित बनाउँदै जानुपर्छ।’ सार्थ, आचार्यले उनले कर्मचारीको अवकाश उमेर ६२ बनाउनुपर्ने सुझाव समेत दिए। उनले पेन्सन ६० वर्षपछि मात्र दिन पनि सुझाव दिए।

Read More

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब रियालिटि सोका विजेतालाई अमेरिकी नागरिकता दिने भएका छन्। अमेरिकी नागरिकता अब कानुनी प्रक्रिया र सीपका कागजातमार्फत मात्र नभइ रियालिटी टिभी कार्यक्रमहरू मार्फत पनि प्राप्त गर्न सकिने जनाइएको छ। अमेरिकी गृह मन्त्रालयले यसका लागि ‘द अमेरिकन शो’ प्रोजेक्ट बनाएको छ। यस टिभी कार्यक्रममा विभिन्न देशका आप्रवासीहरूले अमेरिकी परम्परा, रीतिरिवाज र देशभक्तिसँग सम्बन्धित कार्यहरूमा भाग लिनेछन्। विजेतालाई अमेरिकी नागरिकता प्रदान गरिनेछ। यो रियालिटी शो नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण पनि हुनेछ। ‘द अमेरिकन शो’ परियोजनाको पहिलो एपिसोडमा १२ जना प्रतियोगीहरू हुनेछन्। कार्यक्रममा कति एपिसोडहरू छन् भन्ने कुरा भने अझै स्पष्ट भएको छैन। आगामी एपिसोडहरूमा भाग लिने प्रतियोगीहरूको…

Read More

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, “अहिले घरघरमा अँध्यारो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।” नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरबाहीका कारण विद्युत्का क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । “हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो । पछिल्लो…

Read More

kathmandu.Nepal is set to experience a new wave of innovation in the smart wearable segment as IOT Incorporation Pvt. Ltd., a subsidiary of the renowned Sharda Group, has been appointed as the exclusive distributor of NOISE in the country. A dominant force in India, NOISE is the No. 1 smartwatch brand and a leading player in the True Wireless Stereo (TWS) segment, known for its superior quality and seamless app experience. Strengthening its global footprint, NOISE recently showcased its cutting-edge products at CES Las Vegas, one of the world’s most powerful tech event in the world. With this expansion, Nepalese…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले नेपालखबरलाई जानकारी दिए। मिश्र गत चैत १५ गते पक्राउ परेका थिए। काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो। मिश्रलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।उक्त बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।

Read More

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत आपूर्तिमा अवरोध देखिएको बताएका छन्। शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका हुन्। उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. डबल सर्किट लाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौँ लगायतका केही स्थानमा विद्युत् आपूर्ति हुन नसेकेको स्पष्ट पारे। भारतबाट यो लाइनमार्फत नेपालमा भइरहेको विद्युत आयातसमेत केही समय रोकिएका कारण बत्ति जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनले बताए। प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्ण रुपमा अस्वीकार गरेको छ। कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई…

Read More

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द हुँदा नेपाल सुपर ‘थ्री’मा प्रवेश गरेको छ। आइसीसीको प्लेइङकन्डिसन अनुसार डलब राउण्ड रोबिनमा नेपाल समूह चरणमा सर्वाधिक जित निकालेको आधारमा सुपर थ्री प्रवेश गरेको हो। अब नेपालले समूह ‘ए’ र ‘बी’बाट आएका बलिया प्रतिस्पर्धी थाइल्यान्ड र यूएईसँग खेल्नेछ। नेपालले समूह चरणमा ४ खेल खेल्दै २ जित दर्ता गर्‍यो। नेपालले दुवै खेलमा बहराइनलाई हराएको थियो। नेपालले हङकङसँग हार बेहोरेको थियो। एक खेल भने नतिजाविहीन बनेको थियो। हङकङले ४ खेलमा १ मात्रै खेल खेल्न पायो। १ खेल खेलेको हङकङले नेपाललाई हराएको थियो। बाँकी खेलमा भने…

Read More

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ। समितिको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए । विधेयकमा विवादित विषय रहेका कुलिङ पिरियड र अवकाश उमेर ५८ बाट ६० बनाउँदा लागु गर्ने विधि विवादमा थिए। यी विषयमा कुलिङ पिरियड २ वर्ष राख्ने र अवकाश उमेर ५८ बाट ६० पुर्‍याउँदा १-१ वर्ष गर्ने गरी लागू गरिएको हो । विधेयकको प्रतिवेदन अन्तिम रूप दिन भने बाँकी रहेको सभापति खतिवडाले जानकारी दिए । अन्तिम समयमा जुटेका सहमतिका विषय प्रतिवेदनमा समेट्नका लागि आन्तरिक बैठक बस्ने बताइएको छ।विधेयकका विवादित विषयमा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबारदेखि काठमाडौँमा सुरु भएको सगरमाथा संवादको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादलाई विश्वव्यापी संवादका रुपमा नेपालले थालनी गरेको बताए। उनले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र-इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको थालनी गरिएको बताए। ‘आशा गछौँ, यो संवाद त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी…

Read More

काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ। चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्ट लगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन्। उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका…

Read More