Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल उद्योग परिसंघले लगानी वृद्धिमा सहज वातावरण हुने गरी बजेट ल्याउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेस गर्दै परिसंघले लगानी वृद्धिमा सहज हुने गरी बजेट ल्याउन आग्रह गरेको हो । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई आत्मविश्वास साथ लगानी वृद्धि गर्ने नीति आवश्यक रहेको बताएको छ । उसले आर्थिक नीति आगामी १० वर्षसम्म स्थिर हुने सुनिश्चितता गर्नसमेत भनेको छ । परिसंघका तर्फबाट सुझाव प्रस्तुत गर्दै अध्यक्ष राजेशकुमार अग्रवालले ‘समृद्धिका लागि जे पनि’ को भावना सहित लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए…

Read More

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ । शुक्रबार दूतावासले एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्‌कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ । त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ । भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँदिल्लीस्थित दूतावासमा +९१–११२३४७६२०० नम्बरमा, हटलाइन नम्बर : +९१–८९२९६०१९२५ मा, कोलकक्तास्थित महावाणिज्य दूतावासमा टेलिफोन नम्बर : +९१–०३२४५६१२२४ र मोवाईल नम्बर : +९१–९७४८४६६९०० मा सम्पर्क…

Read More

एजेन्सी । पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार अपराह्न प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो । पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कर्णेल सोफियाले भनिन्, ‘लेहदेखि सरक्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोन हमलाको प्रयास भएको थियो । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनहरूलाई खसाल्न सफल भयो ।’ ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी संकलन गर्न खोजेको…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ…

Read More

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छ। पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूले नेपाल फर्काउनका लागि सरकारसँग पहल गरिदिन आह्वान गरेपछि परराष्ट्र मन्त्रालयले उक्त कुरा बताएको हो। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकार सचेत रहेको उल्लेख गरेको छ। ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ। यसका निम्ति पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी र नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ,’परराष्ट्र मन्त्रालयले भनेको छ। मन्त्रालयले आवश्यक सहयोगका लागि दूतावासका सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदलाई सम्पर्क…

Read More

काठमाडौं । नेकपा एमालेले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न शुक्रबार सांसदलाई ह्विप जारी गरेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ। “नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ,” उनले जारी गरेको सूचनामा भनिएको छ।

Read More

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले कुनै पनि किसिमको आतंकवादको विरुद्धमा नरहेको जनाएको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेस आतंकवादको खिलापमा रहेको बताएको छ । कांग्रेसले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा रहेको पनि बनाएको छ । बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘भारतको पहलगाममा भएको आतंकवादी आक्रमणलाई कांग्रेसले कडा शब्दमा निन्दा गरेको छ । हामी जहिले पनि आतंकवादको खिलापमा छौँ। आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौं। आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ। युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट…

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि विवाद भएको छ । काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको एन्फाको साधारणसभामा सहभागी हुन गएका थापालाई प्रवेशका लागि पास नभएको भन्दै गेटमै रोकिएको हो । थापालाई गेटमै रोकेपछि त्यहाँ तनाव भएको छ । थापाले अदालतको निर्णय एन्फाले मान्नुपर्ने बताएका छन् । फिफाले थापामाथि लगाएको प्रतिबन्ध अप्रिल १५ मा फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा सक्रिय हुन थालेका छन् ।

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन भइरहेको कक्षा १२ को वार्षिक परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित आदर्श बाल माध्यमिक विद्यालयमा बिहीबार ‘फाइनान्स’ विषयको परीक्षा दिइरहेका बेला चेकजाँचको क्रममा नक्कली परीक्षार्थी फेला परेका हुन्। प्रहरीका अनुसार सुन्दरबजार–५ बसोबास गर्ने २० वर्षीय विशाल गुरुङको सिम्बोल नम्बरबाट परीक्षा दिइरहेका अर्कै व्यक्ति, सोही वडाका २० वर्षीय आयुष गुरुङलाई पक्राउ गरिएको हो। हाल दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट ‘शिक्षा ऐन सम्बन्धी कसुर’ अन्तर्गत पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको…

Read More

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन् । थाईल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटका उनले फेरि जिम्मेवारी पाएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राईले नियुक्तिपत्र प्रदान गरेका हुन्। उनको प्रशिक्षणमा नेपालले वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेशन्स कप खेलेको थियो, जसमा तीनवटै प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो। सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक सुरज कुमार लामा तथा टिम म्यानेजरको रूपमा वृन्दा देवकोटाले पनि आफ्नो जिम्मेवारी निरन्तरता पाएका छन्। त्यस्तै, लक्ष्मी भट्टराई टिमको नयाँ फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन्। चारै जनालाई एन्फा कम्प्लेक्समा…

Read More