काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले कुनै पनि किसिमको आतंकवादको विरुद्धमा नरहेको जनाएको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेस आतंकवादको खिलापमा रहेको बताएको छ ।
कांग्रेसले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा रहेको पनि बनाएको छ । बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘भारतको पहलगाममा भएको आतंकवादी आक्रमणलाई कांग्रेसले कडा शब्दमा निन्दा गरेको छ । हामी जहिले पनि आतंकवादको खिलापमा छौँ। आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौं। आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ। युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ। सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ, जवाफि कारबाही भएको छ।’ महतले भने । उनले युद्धको रुपमा परिणत नहोस्, शान्ति चाँडै बहाल होस्, भन्ने बैठकले निष्कर्ष निकालेको पनि बताए ।