Author: हाम्राे हेडलाइन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नुमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक प्रहरीको अरु कुनै मनसाय नभएको दाबी गरेका छन्। बिहीबार चौधरी पक्राउबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै यो घटनाले भविष्यमा सजक हुनुपर्ने पाठ सिकाएको उल्लेख गरे। ‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको व्यहोरा अनुरोध गर्दछु।’ यस्तो घटनाले चौधरी र उनको परिवारलाई पर्न गएको पीडाप्रति समेत उनले दुःख व्यक्त गरे। ‘यस घटनाले आदरणीय…

Read More

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेका छन । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन् ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुनेछ ।’ आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।

Read More

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा.लि.ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधबार एक विशेष समारोहबीच जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्। उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो। सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो। यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ। कम्पनीले यी उत्पादनहरू भारत लगायत…

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव शून्य चार अंकले घटेर दुई हजार छ सय ६१ दशमलव ६४ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर एक लाख तीन हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड १७ हजार आठ सय ५१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ८२, विकास बैंक एक दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव १४, लगानी शून्य दशमलव शून्य चार, लघुवित्त शून्य दशमलव १३, निर्जीवन…

Read More

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा क्याम्पस भन्दा पनि बाहिरै बसेर पदाधिकारी नियुक्ति हुने गरेको पाइएको छ । अनेरास्ववियुले हालै गरेको पदाधिकारी नियुक्तिमा केही विद्यार्थी नेताहरु असन्तुष्टि समेत जनाएका छन् । संगठनले क्याम्पस–क्याम्पसमा हुनुपर्ने नियुक्ति अड्डा खोला किनार, रिसोर्ट र बर्गर हाउसमा गरेको भन्दै भन्दै असन्तुष्टि जनाइएको हो । एक विद्यार्थी नेताले भने, ‘विद्यार्थी हक हितका लागि काम गर्ने संगठन अहिले खोला किनार, रिसोर्ट, बर्गर हाउसमा बसेर नियुक्तिको चिट्ठी बाँडिरहेको छ ।’ कमिटीले नेपाल ल क्याम्पस संयोजकको जिम्मेवारी रोहित झालाई दिएको छ भने नुवाकोटमा अनिष प्याकुरेल, जनमैत्री क्याम्पसको अध्यक्षको जिम्मेवारी बिमल…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठ रोग कम भएपनि उन्मुलन भइनसकेको बताएका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘कुष्ठ रोगको स्थिति नेपालमा सारै भयावह छ भन्न मिल्दैन’, प्रधानमन्त्रीले भने, ‘किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राष्ट्रियस्तरमा कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ, जबकि १० हजारमा एकभन्दा तलै छ ।’ यो आँकडालाई उन्मुलन भएको मनिएपनि सन्तोष मान्न सक्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ छ । ‘हाम्रो देशमा कुष्ठ रोग उन्मुलन भएको छैन । मधेस, लुम्बिनी र कोशी प्रदेशमा अलि बढी असर रहेको छ’,प्रधानमन्त्रीको भनाइ छ । उनले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि…

Read More

काठमाडौं । काठमाडौं तीनकुनेमा तीन वटा गाडी एक आपसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो । बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा काठमाडौं–३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१ ०२६च २९२७ भ्यान र बा.प्र.०२ ३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरुमा भ्यानलाई ठक्कर…

Read More

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमतिका लागि ५–७% कमिसन मागेको आरोपबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आकस्मिक अनुगमन (छापा) हानेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अन्तर्गतका जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रियामा धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेको थियो । अख्तियारले आईपीओसँग सम्बन्धित ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो बोर्डको कार्यालय पुगेर अख्तियारका प्रतिनिधिलेसम्पूर्ण फाइल कब्जामा लिएर लगेका छन् । अध्यक्ष श्रेष्ठले कमिसन दिने कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिने तर कमिसन नदिनेको फाइल महिनौंसम्म अड्काएर राख्ने गरेको आरोप लागेको छ ।

Read More

काठमाडौं । रीता सिंह वैद्य जोडिएको बाल मन्दिरकी जग्गा लिज प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो । सिंह उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी हुन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । फाइल प्राप्त भएसँगै अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए । जिल्लाले मुद्दा चलाउनु नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा राय पठाएकोमा अनुसन्धानपछि मुद्दा चलाउनुपर्ने देखिएकाले ठगी मुद्दा चलाइएको उनले बताए । कार्यालयले उपप्रधानमन्त्री सिंहकी…

Read More

एजेन्सी । पोर्चुगेली स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा जुनियर क्रिस्टियानो रोनाल्डोलाई पहिलो पटक पोर्चुगलको यू-१५ टिममा समावेश गरिएको छ। १४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबासँग अरबको अल नासरमा रहेका छन्। २०२२ मा प्रो लिग क्लबका लागि अरब प्रस्थान गरेका थिए। पोर्चुगलका ४० वर्षीय स्टार खेलाडी रोनाल्डोले आफ्नो छोराको नाम पोर्चुगलको टिममा परेपश्चात सामाजिक सञ्जाल छोरासँगको फोटो सार्वजनिक गर्दै ‘तीमीप्रति गर्व छ छोरा’ भन्ने क्याप्सन लेखेका थिए। पाँच पटक वालोन डी’ओर उपाधि जितेका रोनाल्डोका छोराले आफ्नो बुबाको पथ पछ्याउन लागेका हुन्।

Read More