काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा क्याम्पस भन्दा पनि बाहिरै बसेर पदाधिकारी नियुक्ति हुने गरेको पाइएको छ ।
अनेरास्ववियुले हालै गरेको पदाधिकारी नियुक्तिमा केही विद्यार्थी नेताहरु असन्तुष्टि समेत जनाएका छन् । संगठनले क्याम्पस–क्याम्पसमा हुनुपर्ने नियुक्ति अड्डा खोला किनार, रिसोर्ट र बर्गर हाउसमा गरेको भन्दै भन्दै असन्तुष्टि जनाइएको हो ।
एक विद्यार्थी नेताले भने, ‘विद्यार्थी हक हितका लागि काम गर्ने संगठन अहिले खोला किनार, रिसोर्ट, बर्गर हाउसमा बसेर नियुक्तिको चिट्ठी बाँडिरहेको छ ।’
कमिटीले नेपाल ल क्याम्पस संयोजकको जिम्मेवारी रोहित झालाई दिएको छ भने नुवाकोटमा अनिष प्याकुरेल, जनमैत्री क्याम्पसको अध्यक्षको जिम्मेवारी बिमल खड्का, शहिद मनोहरा क्याम्पस कमिटी अध्यक्षको जिम्मेवारी चिरञ्जबि पनेरु, स्वरस्वति क्याम्पस कमिटीको अध्यक्ष केशव सापकोटा र शंकरदेवको अध्यक्षको जिम्मेवारी बालकृष्ण खड्कालाई दिएको छ ।
यस्तै केन्द्रीय सदस्यमा अनुप ढुंगेल, विपुल खनाल, कृष्ण शाही, रिता थापा, सचिन खड्का, रमेश अवस्थीलाई नियुक्त गरेको छ ।