Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई…
काठमाडौं । देशको असामान्य राजनीतिक परिस्थितीबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा…
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको…
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्री कार्कीले लिइन् शपथ
- संसद विघटन गर्ने सहमति, प्रधानमन्त्री पदमा सपथ लिँदै सुशीला कार्की
- अब बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छः मुख्यसचिव अर्याल
- ‘विधिको शासन र संविधानवादबाटै निकास खोज्नुपर्छ’
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
Author: हाम्राे हेडलाइन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूलाई आठौँ तहको भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन्। शुक्रबार मन्त्रालयमा छलफल गर्न पुगेको आवासीय चिकित्सकहरू र नेपाल चिकित्सक संघका प्रतिनिधिहरूको छलफलमा स्वास्थ्यमन्त्री पौडेलले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई निर्बाध रूपमा काम गर्ने वातावरण मिलाउन र सरकारी कलेज सरह आठौँ तहको भत्ता तत्काल दिन आग्रह गरेका हुन्। यदि यो नभए निजी मेडिकल कलेजहरूलाई दिएको सम्बन्धन खारेज गरिने समेत उनले चेतावनी दिएका छन्। आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका…
एजेन्सी । भारतको राजधानी दिल्लीमा भारी वर्षा भएको छ । वर्षासँगै राजधानी र वरपरका क्षेत्रमा तीव्र हावा चलेको छ भने रूखका हाँगाहरू भाँचिएर सडकमा ढलेका छन् । दिल्ली–एनसीआरका साथै उत्तर प्रदेश र छत्तीसगढमा पनि आँधीबेहरी, वर्षा र चट्याङका घटनामा ११ जनाको मृत्यु भएको छ । दिल्ली र उत्तर प्रदेशमा ४–४ जना र छत्तीसगढमा २ जनाको मृत्यु भएको छ । दिल्ली–एनसीआरमा अझै पनि तीव्र हावा र धुलोको आँधी चलिरहेको छ । यहाँका तल्लो भेगमा पानी जमेको छ । दिल्ली विमानस्थलबाट १०० भन्दा बढी उडानहरू अवरुद्ध भएको छ । भारतको मौसम विभागका अनुसार शुक्रबार मध्य प्रदेश, छत्तीसगढ, उत्तराखण्ड, ओडिशा, नागाल्याण्ड, मणिपुर, मिजोरम,…
काठमाडौं । माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । काठमाडौं उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरू तिन पिप्लेमै रोकिएक छन् । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको बताएका छन्। अहिले तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक, निजी गाडी बाहेक फोहोरका गाडीलाई निषेध गरिएको छ ।
काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीको मृत्युबारे इन्स्टिच्युटका पदाधिकारीलाई बोलाएर घटनाबारे जानकारी लिएको बताएको छ । घटनाका सम्बन्धमा राजदूत डा. शंकर शर्माले उडिसाका मुख्य मन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटना प्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरिएको शुक्रबार दूतावासद्वारा जारी विज्ञप्तिमा बताइएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतस्थित नेपाली राजदूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार साथै उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ । ‘घटनाबारे जानकारी प्राप्त हुनासाथ…
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गरिनेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । कर्मचारी परिषद्ले महासंघले सरकारसँग गरेको सहमति धोका दिएको भन्दै आएको छ । आन्दोलनको संयोजकमा बब्बन मिश्र तोकिएका छन् । परिषदका अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले रहस्यमय ढंगले सरकारसँग सम्झौता गर्दै राहत, बाल विकास र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको…
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै…
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदैछ। सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए। गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।
काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थीले मृत फेला परेकी छिन्। बारा सिम्रौनगढकी एक छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । करिब साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएको बताइएको छ। विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । गत फागुन ४ मा सोही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन् ।
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका…
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौतामा असहमति जनाएको हो । महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि हिजाे सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो । फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ । साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने जनाएको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित