Author: हाम्राे हेडलाइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक बोहराको निधन भएको छ । राप्रपा वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएका उनी स्पीच थेरापी गर्दै आएका थिए ।उनको केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । २०७९ को आम निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) बिमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्याण्ड जाँदैछन्। यो नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डमा हुन लागेको पहिलो औपचारिक भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नेछन्। यस अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्नेछन् र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्नेछन्। बिमस्टेक शिखर सम्मेलन चैत २२ गते आयोजना हुनेछ, जसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। साथै, बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने योजना रहेको उनले बताएका छन्।

Read More

काठमाडौं । संसद्‌को हिउँदे अधिवेशनअन्तर्गत आज (मंगलबार) अन्तिम बैठक बस्दै छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आज (चैत १९ गते) राति १२ बजे हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ। अब हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो। यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले मूल्य घटाइएको छ। पोखरा र भैरहवामा भने ब्रेक इभेन प्वाइन्टअनुसार मूल्य कायम गरिएको निगमले जनाएको छ।

Read More

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो नेतृत्वको पार्टीको संविधान र व्यवस्थाप्रतिको विश्वासलाई लिएर पटक-पटक प्रश्न उठाउनु सही नभएको बताए । उनले पटक-पटक आफ्नो पार्टी वर्तमान लोकतान्त्रिक व्यवस्था र संविधानप्रति प्रतिबद्ध रहेको बताए । पार्टी कार्यालयमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले व्यवस्थाका नाममा जनतालाई धोका दिन नहुने स्पष्ट पारे । ‘पटक-पटक हाम्रो डीएनए जाँच गरिन्छ तिमीहरू के वादी हौ ? कहाँ वादी हौ ? कस्तो वादी हौ ? पटक-पटक कति जाँच दिनुपर्ने हो ?,’ उनले प्रश्न गरे, ‘कतिवटा जाँच दिनुपर्छ हामीले ? लेखेर, बोलेर, देखिएर, भनेर ठाउँ-ठाउँमा हामीले बताइसकेका छौं । हामी के हौं, को हौं र कहाँ हौं ?…

Read More

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगरसभाबाट संशोधन गरेर १० लाख रुपैयाँ बजेटबाट नगरवासीलाई मुटु रोग उपचारमा रु ५० हजारसम्म सहयोग गर्न लागेको हो। टोखाले नगरवासीलाई मुटु रोग उपचारका लागि आइतबार सहिद गङ्गालाल हृदयरोग केन्द्रसँग सम्झौतासमेत गरेको छ। सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा रवि मल्लले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नगर प्रमुख अधिकारीले मुटु रोग उपचारका लागि नगरवासीलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रमलाई अगाडि बढाइएको बताए। ‘टोखाले वडाको सिफारिसका आधारमा प्रतिव्यक्ति २५ हजार…

Read More

काठमाडौं । नेपाल पत्रकार महासंघले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोधमा सोमबार एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । महासंघले हत्यामा संलग्न दोषीलाई कारबाही गर्न, पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था गर्न माग गर्दै देशैभर ज्ञापन पत्र बुझाएको हो । महासंघको केन्द्रीय समितिले काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । यस्तै, प्रदेश समितिहरूले प्रदेश गृहमन्त्रीलाई र जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार राजतन्त्र पक्षधरको प्रदर्शनका क्रममा भएको आक्रमणको निन्दा गर्दै महासंघले प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य,…

Read More

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक लाख लेनदेनको विवादमा एक युवकको हत्या भएको छ । माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । हत्यामा संलग्न आरोपमा प्रहरीले वर्कसप सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वरको बाहुनधारा बस्ने साह चैत ११ देखि सम्पर्कबिहीन थिए । चैत १५ मा हत्या गरेर वर्कसप पछाडिको जमिनका गाडेको अवस्थामा शव भेटिएको एसपी बोहराले जानकारी दिए । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा वर्कशप सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय बिजय यादव, १८ वर्षीय करन कुमार महतो, २३…

Read More

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा राजावादी समूहबाट शुक्रबार भएको तोडफोडमा ८० लाख ३३ हजार रुपैयाँको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको हो। राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट मच्चाएका थिए। त्यसैगरी भाटभटेनी भवनको बाहिरी भागका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ। त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका सो–केस तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको सीओओ पौडेलको भनाइ…

Read More

काठमाडौें । तीनकुने घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा तत्कालीन राजा शाहले पनि उन्मुक्ति नपाउने बताएका हुन् । प्रधानमन्त्रीले प्रारम्भिक अध्ययनमा चैत १५ गते भएका सबै घटनाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लङ्घन गरेको भन्दै नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको बताए ।…

Read More