काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई काठमाडौँ प्रहरी परिसरले प्रज्ञा प्रतिष्ठानको परिसरबाट नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले बताएको छैन । उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए ।
उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए । एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम पनि अनिश्चत छ । अहिलेसम्म कार्यक्रम सुरू भएको छैन ।