Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई…
काठमाडौं । देशको असामान्य राजनीतिक परिस्थितीबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा…
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको…
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्री कार्कीले लिइन् शपथ
- संसद विघटन गर्ने सहमति, प्रधानमन्त्री पदमा सपथ लिँदै सुशीला कार्की
- अब बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छः मुख्यसचिव अर्याल
- ‘विधिको शासन र संविधानवादबाटै निकास खोज्नुपर्छ’
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
Author: हाम्राे हेडलाइन
काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको चर्चित सोती घटनामा संलग्न २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय उच्च अदालत सुर्खेतले सदर गरेको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई अधिकांश रूपमा यथावत् राख्दै जन्मकैदको सजाय कायम राखेको हो । उच्च अदालतका उपर–न्यायधिवक्ता प्रेमप्रकाश थापाका अनुसार, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने उल्टाइएको छ । पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद सदर भएकाले फैसलामा आंशिक मात्र उल्टो भएको उनले बताए । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा २०७७ जेठ…
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताए । अवैध रूपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो । सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताए । पर्याप्त जाँच उपकरणहरू राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा…
काठमाडौं । कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध दायर भएको अदालत अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश भएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै थापासँग लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो। थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका ५२ जना पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘डिल’ गरेको अभिव्यक्ति दिएपछि अदालत अवहेलना मुद्दा दायर भएको हो। थापाले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले डिल गर्यो भने अब यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न समेत गरेका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै…
एजेन्सी । चौध वर्षीय युवाले ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि मङ्गलबार किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ । बायाँ हाते ओपनर सूर्यवंशी सोमबार राजस्थान रोयल्सको गुजरात टाइटन्समाथि आठ विकेटको शानदार जितमा टी–२० शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बने । ‘यो सपना जस्तै हो’, उनले भने । सन् २०१३ मा क्रिस गेलको ३० बलको शतकपछि दोस्रो स्थानमा रहेका सूर्यवंशीले आफ्नो तेस्रो आइपिएल म्याचमा प्रतिस्पर्धाको इतिहासमा दोस्रो सबैभन्दा छिटो शतक बनाएका थिए । ‘बोस बेबी’ उपनामले चिनिने सूर्यवंशीले वेस्ट इन्डिजका महान खेलाडी गेलसँग तत्काल तुलना गरेका थिए । गेलले आफूलाई…
काठमाडौं । मिराज विक्रम सिंहको निर्देशन रहेको गीत ‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक भएको छ । मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम बिसीको मिक्सिङ/माष्टरिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो । राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जीसीलाई फिचरिङ गरिएको छ । महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो । गीतमा शब्द, कलाकारिता, भावना र सिनेमाटोग्राफीको राम्रो संगम रहेको छ । प्रेमिल गीतका शब्द जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ…
काठमाडौं । भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरीदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी खड्काले ३० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समय नटिक्ने संकेत गरेका छन् । ‘जनतासँग माओवादीः तराई-मधेश जागरण अभियान’अन्तर्गत कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो संकेत गरेका हुन् । ‘अहिले शिक्षकहरू आन्दोलनमा छन्, डाक्टर पनि आन्दोलित भएका छन् । सहकारीपीडितको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘तर, वर्तमान सरकार जायज माग पूरा गर्नतर्फ नभएर अपमानित गर्न लागेको छ । शिक्षकमाथि दमन गरिरहेको छ । यो लोकतन्त्रविरोधी कार्य हो । मर्ने बेलामा कमिलाको प्वाँख आउँछ भन्थे । यो सरकार पनि मर्ने तिरै गइरहेको छ । बाँच्ने तरिका यो होइन ।’ अहिलेको सरकार भ्रष्टाचारी बचाउन…
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से सूचक ११.६४ बिन्दुले घटेर २६३५.४२ अंकमा समेटिएको छ। ७ अर्ब ५७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको नेप्सेमा ३ वटा कम्पनीको सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। आज नेप्सेमा ३११ मध्ये २४५ कम्पनीको कारोबार हुँदा ५७ वटाको सेयर बढेको छ भने १८८ वटाको घटेको छ। मंगलबार १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ८२ करोड ४३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा रहेको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र राधी विद्युत्…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेका सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो। त्यसअघि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटी सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए। उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । सांसदद्वय पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पाटा र पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनको आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए…
काठमाडौं । गृह मन्त्रालयले ३ प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट तनहुँ रामेछाप र दैलेखका प्रजिअ फेरिएका हुन् । ३ सिडियोसहित ४ सहसचिव र दुई उपसचिवको पनि सरुवा भएको छ । तनहुँका प्रजिअ श्यामकृष्ण थापा रामेछाप पुगेका छन् भने रामेछापका प्रजिअ राजु प्रसाद पौडेल गृहमा तानिएका छन् । गृहका सह सचिव रामकृष्ण अधिकारी तनहुँ पुगेका छन् । यस्तै गृहका सहसचिव बद्रीनाथ गैह्रे दैलेखका प्रजिअ तोकिएका छन् भने दैलेखका प्रजिअ नवराज जौसी गृहमा तानिएका छन् । सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित