काठमाडौं । गृह मन्त्रालयले ३ प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट तनहुँ रामेछाप र दैलेखका प्रजिअ फेरिएका हुन् ।
३ सिडियोसहित ४ सहसचिव र दुई उपसचिवको पनि सरुवा भएको छ । तनहुँका प्रजिअ श्यामकृष्ण थापा रामेछाप पुगेका छन् भने रामेछापका प्रजिअ राजु प्रसाद पौडेल गृहमा तानिएका छन् । गृहका सह सचिव रामकृष्ण अधिकारी तनहुँ पुगेका छन् ।
यस्तै गृहका सहसचिव बद्रीनाथ गैह्रे दैलेखका प्रजिअ तोकिएका छन् भने दैलेखका प्रजिअ नवराज जौसी गृहमा तानिएका छन् । सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।