Author: हाम्राे हेडलाइन

काठमाडौं । शिक्षक आन्दोलनमा साथ दिन पुगेको नेकपा एकीकृत समाजवादीको शीर्ष टोली अपमानित भएर फर्किएको छ । शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरे । पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो । शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गरेका नेताहरु त्यतिबेला हिस्स परे, जब शिक्षकहरूले नै उनीहरुलाई त्यहाँबाट फर्किहाल्न भने । ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको थियो । फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्‍यो । पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर । पुलिसको दादागिरी बन्द गर भन्दै औंलो ठड्याउँदै एकहोरो…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन…

Read More

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरू चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णयबमोजिम आवासीय चिकित्सकहरूको निर्वाह भत्ता बढाउन तयार भएका छन्। आयोगको १९औँ बैठक बस्नुअघि कलेज सञ्चालकहरूले निर्वाह भत्ता बढाउन तयार रहेको जनाएका हुन्। आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारीसरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो। तर सो निर्णयको मेडिकल कलेजहरूले विरोध गरेका थिए। निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरू सरकारीसरह निर्वाह भत्ता दिन तयार रहेको जानकारी दिए।

Read More

एजेन्सी । टोटनह्यामलाई ५-१ ले हराउँदै लिभरपुलले २० औं पटक प्रिमियर लिगको उपाधि जितेको छ। टोटनह्यामले लिएको एक गोलको सुरुवाती अग्रताविरुद्ध पाँच गोल फर्काउँदै लिभपुलले शानदार शैलीमा चार खेल अगावै उपाधि जितेको हो। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो। दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो। टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे। तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो। घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो।…

Read More

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार २७ औं दिन पनि आन्दोलन जारी राख्ने भएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले सोमबार पनि बिजुली बजार क्षेत्रमा आन्दोलन जारी राख्ने भएका हुन्। महासंघले ७५ सालदेखि ८० सालसम्म गरेका तीनवटा सहमतिका आधारमा शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आएको छ। सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले आफूहरू आन्दोलनमा सहभागी भएको शिक्षकहरूले जनाएका छन्। शिक्षक महासंघले आइतबार सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काएको आरोप लगाएको छ। ‘यही २०८२ बैशाख १४ गते नेपाल शिक्षक महासङ्घद्वारा गरिएको शान्तिपूर्ण आन्दोलन र…

Read More

काठमाडौं । लमजुङ र गोरखा जिल्लालाई जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुलको उद्घाटन गरिएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने उक्त पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । मोटरेवल पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पुलसँगै अब यस क्षेत्रको सडकको उचित स्तरोन्नती गर्ने गरी आगामी बजेटमा योजना समेट्ने बताए । मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानिय सरकारविच विकास निर्माणका योजनाहरुमा समन्वय नहुँदा कतिपय योजनामा दोहोरोपना हुनका साथै अलमल हुने गरेको बताए । कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले सिमित श्रोत र साधनका बाबजुतपनि प्रदेश सरकारले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेको बताए…

Read More

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरूलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने २० दिनको म्याद मागेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो। गत चैत १५ गते भएको उक्त घटनामा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ । बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा…

Read More

काठमाडौं । यहि वैशाख १२ गते लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ७ पाउँदी स्थित किराना तथा खाजा पसलमा कोहि नभएको मौका छोपी काउन्टरबाट नगद रकम चोरी गरी फरार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका ८ घर भई पाउँदी एरिया बस्ने बर्ष २५ को बिशाल उपरकोटी रहेका छन् । उनलाई राईनास–३, टिम्मुरेको बासघारीबाट पक्राउ गरिएको हो । उनले सो नजिकै माटोले पुरेको अवस्थामा नगद रु. ६१,५४५ (एकसठ्ठी हजार पाँच सय पैतालिस) रुपैयाँको कालो झोला समेत राखेका फेला परेको छ । निजलाई चोरी सम्बन्धि कसुरमा सम्मानित लमजुङ जिल्ला अदालतबाट आज ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौं । प्रहरीले शिक्षक आन्दोलनमा तीन जना प्रहरीसहित २३ जना घाइते भएको जनाएको छ। आइतबार काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप हुँदा २३ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। तीन जना प्रहरी, एक जना पत्रकार र अन्य १९ जना शिक्षक घाइते छन्। उनीहरूको ट्रमा सेन्टर, सिभिल अस्पताल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको हो। प्राइम टाइम टेलिभिजनकी पत्रकार सबिना कार्कीको आँखा भौममा चोट लागेको हो। उनको ट्रमा सेन्टर हुँदै तिलगंगा अस्पतालमा लगिएको छ। प्रदर्शनमा एक लाख बराबरको क्षति पुगेको छ। प्रहरीको ब्यारिकेड भत्काएर क्षति पुगेको छ। शिक्षक महासंघले भने झडपको क्रममा ६१ जना शिक्षकहरू घाइते भएको…

Read More