Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई…
काठमाडौं । देशको असामान्य राजनीतिक परिस्थितीबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा…
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको…
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्री कार्कीले लिइन् शपथ
- संसद विघटन गर्ने सहमति, प्रधानमन्त्री पदमा सपथ लिँदै सुशीला कार्की
- अब बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छः मुख्यसचिव अर्याल
- ‘विधिको शासन र संविधानवादबाटै निकास खोज्नुपर्छ’
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
Author: हाम्राे हेडलाइन
काठमाडौं । सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सुधारका लागि १२ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुने गरी अस्पतालहरूमा कार्य सञ्चालन गर्न आदेश दिएको हो। ‘राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन समेत गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुने गरी संघस्तरमा विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय/स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै मानसिक स्वास्थ्य महाशाखा र प्रदेश स्तरमा स्वास्थ्य निर्देशनालय अन्तर्गत मानसिक स्वास्थ्य शाखा स्थापना तथा स्थानीय स्तरमा जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय इकाइ/सम्पर्क व्यक्तिहरू यथाशक्य चाँडो नियुक्ति गरी कार्यसञ्चालन गर्नू गराउनू…
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रममा उनले राष्ट्रको आर्थिक अवस्था र बजेटले पुुनःनिर्माण भ्याउन नसक्ने भन्दै क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए। ‘हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भनेपनि राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, क्षमताले पुुनःनिर्माण भ्याउन सक्ने अवस्था होइन,’ उनले भने, ‘त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता छ। भत्किनजेल पर्खिने होइन।’ उनले राष्ट्रिय जोखिम न्यूनीकरण…
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा डाकेका छन्। मन्त्री पन्तले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा डाकेका हुन् । शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न भन्दै मन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाएका हुन्। ‘शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं । संघीय संसद्अन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठकले वैशाखमा प्रतिनिधि सभाको बैठक बस्ने मिति तय गरेको छ । आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा वैशाखमा बस्ने बैठकको क्यालेण्डर पारित गरेको हो । क्यालेण्डर अनुसार वैशाखमा १० दिन प्रतिनिधि सभाको बैठक बस्नेछ । त्यस्तै १९ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । वैशाख २८ देखि ‘प्रि बजेट’ छलफल हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने छ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ । एन्फाले ए डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत २५ गते नै निर्णय गरेको थियो । एएफसी क्लब च्याम्पियनशिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले जनाएको थियो । तर १४ वटा ए डिभिजन क्लबमध्ये चार टिमले मात्र नाम दर्ता गराएपछि प्रतियोगिता आयोजना गर्न नसकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । टिम दर्ता गर्ने समय बुधवारसम्म तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित सङ्कटा क्लबले मात्र…
काठमाडौं । सरकारले समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जाानकारी दिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७:३४ बजे रुकुमपूर्वको रन्मामैकोट केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू निरन्तर भइरहेका बेला आएको यो नयाँ धक्का हो । गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसयता जाजरकोट र वरपरका क्षेत्रमा समयसमयमा भूकम्पका पराकम्पहरू महसुस भइरहेका छन् । आज वैशाख १२ गते, ठीक १० वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको विनाशकारी भूकम्पको स्मृतिमा ‘भूकम्प स्मृति दिवस’ मनाइँदैछ । सन् २०१५ अप्रिल २५ मा गएको ७.६ म्याग्निच्युडको त्यो भूकम्पले करिब ८ हजार ९७९ जनाको ज्यान लिएको…
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज दिउँसो १ बजेबाट शुरू हुँदैछ भने प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठक आज बस्दैछ। हिउँदे अधिवेशन गत चैत १९ गते सकिए यता करीब तीन सातापछि संसद पुनः बस्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकको शुरूवातमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री ओलीले पछिल्ला समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ। शिक्षकहरूले शिक्षा ऐन ल्याउन माग गर्दै तीन सातादेखि आन्दोलन गरिरहेका छन्। सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरूलाई विश्वास दिलाउन सरकारले संसद अधिवेशन अघि सारेको हो। अधिवेशनको शुरूवातमै विधेयक पारित गर्ने तयारी रहेको बताइएको छ। आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु…
काठमाडौं । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । काउन्सिलको विज्ञप्ति अनुसार प्रेस स्वतन्त्रता हननका घटनामध्ये धम्की र दुर्व्यवहारका घटना सबैभन्दा बढी भएका छन् । धम्की र दुर्व्यवहारका घटना २३ वटा भएको विज्ञप्तिमा जनाइएको छ । यस अवधिमा हत्या र शंकास्पद मृत्युका दुई घटना भएको जनाइएको छ । हेर्नुहोस् विज्ञप्ति
काठमाडौं । बागमती प्रदेश सरकार आफैँले लाइसेन्स र ब्लु बुकको डिजिटल कार्ड छाप्ने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसको तयारी गरिरहेको छ । मन्त्रालयले ४ वैशाखमा विद्युतीय बोलपत्र आह्वान गर्दै तीन वटा लेजर प्रिन्टर (कार्ड छाप्ने मेसिन) खरिदको लागि बोलपत्र जारी गरिसकेको छ । लेजर प्रिन्टरबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) र ब्लु बुक (सवारी दर्ता प्रमाणपत्र) को डिजिटल कार्ड छापिने यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले ४ वैशाखमै डिजिटल कार्ड खरिदको लागि पनि बोलपत्र आह्वान गरेको छ । लाइसेन्सको लागि २ लाख ३५ हजार कार्ड र ब्लु बुकको लागि ३ लाख कार्ड खरिद गर्न बोलपत्र आह्वान गरिएको…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित