काठमाडौं । संघीय संसद्अन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठकले वैशाखमा प्रतिनिधि सभाको बैठक बस्ने मिति तय गरेको छ । आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा वैशाखमा बस्ने बैठकको क्यालेण्डर पारित गरेको हो ।
क्यालेण्डर अनुसार वैशाखमा १० दिन प्रतिनिधि सभाको बैठक बस्नेछ । त्यस्तै १९ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
वैशाख २८ देखि ‘प्रि बजेट’ छलफल हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने छ ।