काठमाडौं । सरकारले समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जाानकारी दिएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।