काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरू चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णयबमोजिम आवासीय चिकित्सकहरूको निर्वाह भत्ता बढाउन तयार भएका छन्।
आयोगको १९औँ बैठक बस्नुअघि कलेज सञ्चालकहरूले निर्वाह भत्ता बढाउन तयार रहेको जनाएका हुन्। आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारीसरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो। तर सो निर्णयको मेडिकल कलेजहरूले विरोध गरेका थिए।
निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरू सरकारीसरह निर्वाह भत्ता दिन तयार रहेको जानकारी दिए।