Author: हाम्राे हेडलाइन

एजेन्सी । भारतको मध्य राज्य मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटना हुँदा पीडितहरू मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो । बाइक चालकको तत्काल निधन भयो । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ (लगभग २,३४३ अमेरिकी डलर) आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।

Read More

काठमाडौं । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्‍मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलबारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षीले आपत्ति जनाएका हुन् । सोमबार दर्ता गराएको पाण्डे प्रस्तावक रहेको प्रस्ताववको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर रहेका छन् ।

Read More

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिन सोमबार १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो। सोमबार एक तोला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आज एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको छ।

Read More

काठमाडौं । शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ। महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन्। बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्। सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन्। ‘केही विषय टुंगो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’…

Read More

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले यो निर्णय गरेको हो। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेटअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले सदनमा प्रस्तुत गर्छन्।

Read More

काठमाडौं । सरकारले शिक्षकहरूका मागबारे पर्सिसम्ममा निष्कर्षमा पुगिने घोषणा गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भोलि नभए पर्सिसम्म शिक्षकका मागहरू सम्बोधन हुने बताए । सोमबार मन्त्रिपरिषद्‌ बैठकबाट बाहिरने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘शिक्षकहरूको आन्दोलनबारे आज एजेन्डा थिएन । शिक्षामन्त्रीज्यूले शिक्षक महासँगका अध्यक्षलगायतसँग वार्ता गर्नुभएको छ । भोलि या पर्सीसम्म मागहरू सम्बोधन हुने र शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बन्ने अपेक्षा छ ।’ यद्यपि सहमतिको खाका भने बनिनसकेको उनले बताए । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आवश्यक तयारी गरिरहेकाे प्रवक्ता गुरुङले जानकारी दिए ।

Read More

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले प्रतिवेदन बुझाएको छ । सोमबार संसदीय उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । लेखा समितिले गत असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो । उपसमितिमा सांसदहरू अर्जुननरसिंह केसी, लेखनाथ दाहाल, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए । प्रतिवेदनमा विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको उल्लेख गरिएको छ ।…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै उक्त कार्यमा संलग्न ९ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, ६ नम्बर वडाका अध्यक्ष श्यामबाबुर साह, पालिकाका इन्जिनियर, वडा अध्यक्षसमेत ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । प्रशासकीय अधिकृत साह, वडाध्यक्ष साह, पालिकाका इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौं मोहम्मद रिफक, सबइन्जिनियर शशिरञ्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू, कोषाध्यक्ष सुरतीय कुमारीलाई अख्तियारले प्रतिवादी बनाएको छ । कृषि बाटो निर्माण कार्यमा आर्थिक…

Read More

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । सीआईबीको टोलीले विभिन्न ११ जिल्लाबाट २१ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले विदेशबाट प्राप्त विप्रेषण रकमलाई आन्तरिक विप्रेषणको नाममा अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह र दिपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका नीरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह र अरुण कुमार, पर्साका प्रदीपकुमार साह र धनुषाका संजीवकुमार महतो छन् । यस्तै, नवलपरासीका राजकमल लोनिया, भीमकुमारी गुरुङ, सप्तरीका रामविलास साह तेली र ममताकुमारी…

Read More

काठमाडौंं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बद्नाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् । विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमवार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताए । उनले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरुले ढुङ्गामुडाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको आरोप लगाए । उनले सत्तामा बस्नेहरु थाकेर भाग्न सक्छन् तर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभइ आन्दोलनबाट नभाग्ने जिकिर गरे । उनले शिक्षकहरुको २४ बुँदे…

Read More